समाचार

सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रीत रहेको छ:मन्त्री गुरुङ

ललितपुर ,सहरी विकास मन्त्री सीता गुरुङले सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रीत रहेको बताएको छ ।

आज मंगलबार ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा राजनीतिक लडाई सकिएकाले अव सरकारको ध्यान सुशासन र विकासमा केन्द्रीत रहेको र विदेशमा नभई नेपालमा नै अवसरको खोजी गर्दै मुलुकको समृद्धिमा लाग्न आह्वान गरे ।

उनले जिल्लाभित्रै पनि स्थानीय सरकारहरुबीच समन्वय गरेर कामहरूलाई सहज बनाउन, प्रदेश र सङ्घबीच समन्वय गर्न जिल्ला समन्वय समिति आवश्यक रहेको बताइन् ।

Related Articles

Back to top button