समाचार

निजामती दिवसमा माहाङकालको कर्मचारी पुरस्कृत

ललितपुर ,माहाङकाल गाउँपालिका ललितपुरले निजामती दिवस २०८०को उपलक्ष्यमा उत्कृष्ट कर्मचारी र उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ।

जिल्ला समन्वय समितिका अध्यक्ष ऋषि देव फुयाँलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष फुयाँलले देशको हरेक क्षेत्रबाट प्रतिनिधित्व गरी निजामती पेसामा आबद्ध रहेको सम्पूर्ण कर्मचारीहरूको योगदान बाट नै देशको हरेक स्थानीय तह बलियो भएको बताउनु भयो।अध्यक्ष फुयाँलले निजामती कर्मचारी र जनप्रतिनिधि एक आपसमा सहकार्य गरी अगाडि बढ्न सके मात्र जनताको भावना अनुरूप काम गर्न सकिन्छ,जनप्रतिनिधि र कर्मचारी बिच दुरी बढ्न थाल्यो भने कुनै पनि स्थानीय तहले गन्तव्य पाउन नसक्ने हुँदा हरेक तह तप्कामा रहेको कर्मचारी हरू लाई हौसला प्रदान गर्नु सम्पूर्ण जिम्मेवार व्यक्तिको दायित्व रहने बताउनु भयो।

जिसस प्रमुख ऋषि देव फुयाँल

माहाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र तीन उपभोक्ता समिति लाई पुरस्कृत गरिएको थियो।पुरस्कृत हुनेमा पशुपन्छी शाखा प्रमुख दीपक प्रसाद दुलाल,पूर्वाधार शाखा प्रमुख प्रकाश बहादुर ओली ,कार्यालय सहयोगी माधव प्रसाद घिमिरे रहेका छन् । उत्कृष्ट उपभोक्ता समिति अन्तर्गत ३ नं वडाको मसान खोला उपभोक्ता समिति,५ नं वडाको कृष्ण मन्दिर निर्माण उपभोक्ता समिति,४ नं वडाको खानेपानी उपभोक्ता समिति उत्कृष्ट भएका छन्।कार्यक्रममा गाउँपालिका स्तरीय मैत्रीपूर्ण खेल हुँदा कर्मचारी टिम प्रथम दृतिय भएका थिए भने जनप्रतिनिधि टिम र इलाका प्रहरी कार्यालय टुङ गुन तेस्रो चौथो भएका थिए ।

Related Articles

Back to top button