गोदावरी सामुदायिक पुस्तकालयको भवन उदघाटन हुने
ललितपुर,८ पौष ०७८// बडिखेलमा रहेको गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्रको भवन उदघाटन हुनेभएको छ।
बुधबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमम पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले जापानले सहयोग गरेको रु एक करोड २७ लाख र नगरपालिकाले प्रदान गरेको रु २८ लाख गरी आफूहरुले रु एक करोड ५५ लाखको भवन निर्माण लगायतका आवश्यक काम गरिसकेको बताउनुभयो ।
कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले शान्त्ति भोेलेन्टियर एशोसियसनका कार्यक्रम संयोजक विनोद गुरुङ लगाएत विभिन्न संचार गृहको संचार्कर्मीहरुको उपस्तिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्नु हुँदै श्रेष्ठले नेपाल सरकार अन्तर्गत शिक्षा मन्त्रालय तथा आफ्नो संस्था र शिक्षा सम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा एकैसाथ सो काम गर्ने भएको बताउनुभयो।
विसं २०७० मा रिड नेपाल काठमाडौंद्धारा तत्कालिन बडिखेल गाविसमा सेवा सुरु गरिएको उक्त पुस्तकालयको पौष १० सनिबार उद्दघाटन हुने भएको छ।