समाचार

नेपालमा पनि विश्व शौचालय दिवस मनाउने

‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए ।

साहले सरसफाइ मानिसको सभ्यता र संस्कारसँग पनि जोडिएको बताए । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रममा साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि सो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले सहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको पूर्वमन्त्री साहले जानकारी दिए । यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तको गति बढाउँदै’ भन्ने तय गरिएको छ ।

नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र संस्कार विकसित गर्ने अभियानलाई घरघर र जनजनमा पुर्‍याउनु जरुरी रहेको पूर्वमन्त्री साहले उल्लेख गरे ।

Related Articles

Back to top button