जीवनशैली

मिस ललितपुर २०७९ को उपाधी रिजा शाक्यलाई

ललितपुर ,आर.बी. क्राउन एण्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ ताज रिजा शाक्यले जितेकी छिन् ।

शाक्यले आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गर्ने साथै मोडलिङ क्षेत्रलाई निरन्तरता दिदै अन्य ब्यक्ति हरुलाइ पनि प्रत्साहन गर्ने सटिक जवाफका कारण मिस ललितपुर २०७९ को उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरेकी छन् । कार्यक्रममा आयोजकका तर्फबाट रविन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमका सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो ।

कलाकार तथा संचारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रमा आबद्ध ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिँह निर्णायक रहेको उक्त कार्यक्रमको संचालन मिस लिटिल नेवाः फस्ट रनरअप लुँस्वां मानन्धरले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button