समाचार

बरहथवा घटनामा मृत्यु हुने परिवारलाई १० लाख राहत , छानबिनका लागि गृहले बनायो समिति

सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुने गरी भएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ।

गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो। समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन्। समितिलाई अनुसन्धान प्रतिवेदन सात दिनभित्र बुझाउन भनिएको छ।

सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

Related Articles

Back to top button