अर्थतन्त्रसमाचार

चन्द्रागिरि हिल्सको सेयर मूल्यमा १५३ रुपैयाँको उतारचढाव

न्द्रागिरि हिल्सको सेयर मूल्यमा मंगलबार उच्च उतारचढाव देखिएको छ । कम्पनीको मूल्यमा एकै दिन प्रतिकित्ता १५३.१ रुपैयाँ अर्थात् १९ प्रतिशत उतारचढाव देखिएको छ ।

विशेषतः संस्थापक समूह र प्रभावित स्थानीयले पाएको यस कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिएसँगै मंगलबारदेखि कारोबार फुकुवा भएको हो ।अघिल्लो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँमा बन्द भएको थियो । मंगलबार कारोबार हुँदा कम्पनीको मूल्य ७९६ रुपैयाँ २० पैसासम्म झर्‍यो । अन्ततः बजार बन्द हुँदा भने कम्पनीको मूल्य प्रतिकित्ता ९४९ रुपैयाँ ३० पैसामा पुग्यो ।

कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, प्रभावित स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिएको छ ।

Related Articles

Back to top button