अन्तर्राष्ट्रियसमाचार

रुसी सैन्य विमान दुर्घटना हुँदा ६५ युक्रेनी युद्धबन्दी सैनिकसहित ७४ जनाको मृत्यु

रुसले युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दी बोकेको एक सैन्य विमान खसालेको आरोप लगाएको छ ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा विमान आगो लागेर दुर्घटनाग्रस्त हुनुअघि आकाशबाट खस्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।रुसको रक्षा मन्त्रालयले आइएल–७६ विमानले ६५ जना युक्रेनी बन्दी सैनिक, ६ चालक दल र ३ एस्कर्ट गरी ७४ जनालाई लैजाँदै गरेको जनाएको छ  । सुरुमा हतियार बोकेको रुसी जहाज युक्रेनले खसालेको समाचार युक्रेनी मिडियाले प्रचार प्रसार गरेपनि पछि भने समाचारहरु हटाइएको थियो ।

दुर्घटना बुधबार बेलगोरोडको सीमामा बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो । विमान दुर्घटनाका बारेमा विभिन्‍न आशंकाहरु उव्जिएका छन् ।

पूर्णस्तरमा शत्रुता भएपनि करिब दुई वर्षअघि युद्ध सुरु भएपछि दुवै पक्ष ४९ बन्दी आदानप्रदान गर्न सफल भएका थिए ।

 

Related Articles

Back to top button