राजनीतिसमाचार

पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धि विधेयक टुंग्याउनुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन् । शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पीडितले न्याय पाउनेगरी सो सम्बन्धी विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताए । प्रमुख सचेतक परियारले सो विधेयक अघि बढाउने कुरामा अब ढिलाई गर्न नहुने बताए ।

रास्वपाले द्वन्द्वमा परेकालाई न्याय दिने कुरामा सबै राजनीतिक दलहरू सहमति नजिक रहेकाले पनि सो विधेयक टुंगोमा पुर्‍याउने कुरामा ढिलाइ गर्न नहुने अडान राख्दै आएको छ ।

Related Articles

Back to top button