कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजय
२०७८ पुस १ ललितपुर : नेपाली कांग्रेसको १४ औँ माहाधिबेसन अन्तर्गत केन्द्रिय उपसभापति २ को लागि भएको मतदानमा धनराज गुरुङ र पूर्णबहादुर खड्का बिजयी भएका छन ।गत सोमबार भएको मतदानको मत गणना अनुसार उपसभापति पदको लागि ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार राति सम्पन्न मतगणनाको परिणाम निर्वाचन समितिले घोषणा गरेको हो। घोषित परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। खड्का र गुरुङले सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका झिनो मतअन्तरले पराजय भोगेका छन् ।यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् । अन्य पदको मत गणना पौष १ गते देखि गरिने भएको छ भने केन्द्रीय सभापतिमा प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको थियो । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई भारी मतान्तरले पराजित गर्नुभएको थियो।