राजनीतिसमाचार

नेकपा ललितपुरमा संजेलको पक्षमा बलियो जनमत

ललितपुर,२४ पौष ०७८// नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन अन्तर्गत शनिबार बन्दसत्र हुँदैछ । शुक्रबार मङ्गलबजारमा उद्घाटन सत्र सम्पन्न गरेको एमाले ललितपुरले सातदोबाटोस्थित ललितपुर पार्टी प्यालेसमा बन्दसत्रको आयोजना गरेको हो।

नयाँ नेतृत्व चयन गर्ने यस अधिवेशनको बन्दसत्रलाई रोचकताका साथ हेरिएको छ । अधिवेशन बाट नेतृत्व हात पार्नका लागि चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्यले दावी गरेका छन् । यद्यपि यतिबेलासम्म सर्वसम्मत रुपमा नेतृत्व तथा कार्यसमिति चयन गर्नका लागि कोसिस भईरहेको बुझिएको छ।

बन्दसत्र सुरु हुन लाग्दा प्रदेश सांसद समेत रहेका नेता चेतनाथ सञ्जेलको पक्षमा माहोल बन्दै गईरहेको आंकलन हुन थालेको छ । पार्टीको प्रदेश कमिटी सदस्यसमेत रहेका सञ्जेल आफ्नो क्षेत्रमा विगतमा कसैले गर्न नसकेको विकास निर्माणबाट लोकप्रिय छन् । अधिवेशको बन्दसत्रमा उपस्थित अधिकांश प्रतिनिधिहरुले जिल्लामा विकास निर्माणको काम र पार्टीलाई सांगठनिक रुपमा सुदृढ गराउनका लागि सञ्जेल नै आउनुपर्ने भन्दै उनको पक्षमा खुलेका छन् । जिल्लाको सबै पार्टी कमिटि प्रमुख तथा बुद्धिजीवी सर्कलको समेत समर्थन सञ्जेललाई रहेको एक प्रतिनिधिले बताए । यदि सर्वसम्मत नेतृत्व चयन भए पनि सञ्जेलकै पक्षमा आउने र चुनावमा जाने स्थिति भए पनि सञ्जेलले नै जित्ने उनको दावी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button