खेलकुदसमाचार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा तय गरेका हुन् ।

सुदूरपश्चिमका बलर शेर मल्लले तीन विकेट लिँदा मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान दुई विकेट निकाले । दीपक चन्दको नाममा एक विकेट रह्यो । यससँगे जारी प्रतियोगितामा लिग चरणका खेल समाप्त भएका छन् ।

Related Articles

Back to top button