खेलकुदसमाचार

यू–१९ विश्वकपः भारतले नेपाललाई २९८ रनको लक्ष्य दियो

आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनकाे लक्ष्य दिएकाे छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेकाे भारतले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायाे । भारतका दुई जना खेलाडीले शतक बनाए । सचिन दासले १ सय १६ र कप्तान उदय शरन सय रन बनाएर आउट भए । भारतले ६२ रनमा ३ विकेट गुमाएकाे अवस्थामा सचिन र उदयले चाैथाे विकेटका लागि २ सय १५ रनकाे साझेदारी गरे । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको थियो ।  नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

Related Articles

Back to top button