राजनीतिसमाचार

मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने हुन्छः मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा पुनर्संरचना गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय प्रक्रियामा ढिलाई गर्दा कामले गति लिन नसकेको जिकिर गर्दै मन्त्री यादवले त्यसमा सुधार ल्याउनका लागि पनि आयोजनाको निर्णय प्रक्रिया नै पुनर्संरचना गर्न आवश्यक रहेको बताएका हुन् ।उनले निर्णय प्रक्रियालाई छिटो गर्न सरकारको ५१ प्रतिशत सेयर होल्डर हुनुपर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिए ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना भरपर्दो नहुनुमा यो भूकम्पीय उच्च जोखिममा रहेकाले पनि मेलम्ची खानेपानी आयोजना भरपर्दो हुने अवस्था नरहेको पनि स्मरण गराए ।

Related Articles

Back to top button