समाचार

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको छ ।पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको हो ।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न‍ को बोलेरो शनिवार राती अनियन्त्रित भइ पल्टिँदा चितवनको ईच्छाकामना गाउँपालिका– ६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो । उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  छ ।

Related Articles

Back to top button