अर्थतन्त्रसमाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हु्ँदा रू तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ बराबरको कारोबार भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ३७ प्रतिशतको गिरावट आएको छ ।