समाचार

कांग्रेस ललितपुर जिल्ला सचिबको उमेदवारिमा बिष्णु तिमल्सिना

ललितपुर /नेपाली कांग्रेसको १४ औँं माहादिबेसनको सर्गर्मी देसभर चलिरहेको छ।यहि क्रममा नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । जावलाखेलस्थित स्टाफ कलेजमा उद्घघाटन हुने उक्त कार्यक्रममा रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ । ललितपुर जिल्ला कार्यसमितिमा जिल्ला सचिब पदको लागि राम कृष्ण चित्रकारको प्यानल बाट तिमल्सिनाले उमेदवारी दिएका हुन।
गएको स्थानिय चुनावमा तिमल्सिना बागमती गाउपालिका ३ भट्टेडाडाको वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो भने हाल बागमती गाउँपालिकाको प्रबक्ता समेत रहनु भएको छ।
संगठन लाई सुदृढीकरण,आफ्ना कार्यकर्ता हरुलाइ मिलाएर राख्न सक्ने खुबी रहेको तिम्लसिना दक्षिण ललितपुरमा रुचाइएको नेताको रुपमा परिचित हुनुहुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button