शिक्षासमाचार

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालय तोडफोड

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ ।

शनिवार कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।

कार्यालय तोडफोडपछि उनीहरुले सभापति ओझाको राजीनामा समेत मागेका छन् । उनीहरुले ओझामाथि सभापति  निर्वचित भए देखिनै कर्मचारी, प्राध्यापकहरुको सरुवा बढुवामा पैसा खाएर भागबन्डा मागेको, विश्वविद्यालयभित्र हुने निर्माणका कामहरु रोकेर निर्माण व्यवसायीसँग पैसा उठाएको लगायतका आरोप लगाएका छन् ।

यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे ।

Related Articles

Back to top button