समाचार

बडिखेलमा शिक्षक द्वारा १७ बिद्यार्थी कुटिए

ललितपुर ,संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी स्पष्ट उल्लेख गरिएको छ । समाजको ऐना मानिएका हाम्रा शिक्षकले नै यही सविधानको ठाडो उल्लंघन गदै कक्षा ७ मा अध्ययनरत १७ विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बडीखेलमा रहेको पथपर्दशक माध्यमिक विद्यालयका शिक्षक अन्जन कुमार आचार्यले शुक्रवार दिउँसो कक्षा ७ का १७ विद्यार्थीमाथी निर्घात कुटपिट गरेका हुन । शिक्षक आर्चायले किन अकस्मात आफुहरु मार्थी पाइपले कुटपिट गरे पिडित विद्यार्थीहरुलाई अझै जानकारी छैन । विद्याथीहरुको उक्त अवस्था देखेपछि आक्रोशीत बनेका अभिभावकहरुले शिक्षक आचार्यको घर घेराउ गर्दै कार्वहीका लागि माग गरेका थिए लगतै बाँडेगाउँ प्रहरी प्रभागको टोलीले शिक्षक आचार्य लाई नियन्त्रणमा लिई सातोदोबोटो वृतमा बुझाएको थियो ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सानुभाई नगरकोटीले तत्कालै विद्यालयका १७ विद्यार्थीलाई उपचारका लागि ठैब स्थिीत मेडीसिटी अस्पतालमा पुराएका थिए हाल विद्याथीहरुको अवस्था सामान्य रहेको छ । यस्तै घटनाको भत्र्सना गदै ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष नगरकोटीले ब्यवस्थापन समितिले कुटपिटमा उत्रीएका शिक्षकलाई हदैसम्मको कार्वहीका लागि नगरपालिकाको शिक्षा समितिमा पठाउने जानकारी खोज मिजन न्युज लाई दिए ।

यता उक्त घटना बारे जानकारी लिएको नेपाल अभिभावक महासघंले शिक्षक लाई कार्वहीको माग गर्दै दण्डरहित शिक्षा लाई अवलम्बन गरिसकेको अवस्थामा यस्ता घटना शिक्षकहरु बाटै हुन दुखंद भएको र बालबालिका पिट्ने अधिकार कसैलाई नभएको बताए । यता प्रहरीमा जाहेरी नपरेपछि जिम्मा जवानीमा शिक्षकलाई शुक्रवारै छाडीएको प्रहरी परिसर जावालाखेलका प्रवक्ता भुवनेश्वर शाहले जानकारी दिए ।

शिक्षक माथी कस्तो कार्वाही हुन्छ त्यो भने पर्ख र हेरको अवस्थामा रहेको छ वा राजनिति दबाबले घटना दबाईने प्रयास हुन्छ त्यसको प्लोअप हामी अर्काे श्रृखलामा गर्नछौ । यस्तै केही समय अघि मात्र गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित ठेचोमा रहेको लिटिल स्टार इंग्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले पाँच कक्षामा पढ्ने एक बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
तीन वर्षसम्म कैद सँगै ७५ हजार जरिवाना
कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु¥ याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिए। उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पु¥याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
८० प्रतिशत भन्दा बढी बालबालिका हिंसाबाट प्रभावित
माथीका यी प्रतिनिधि घटना मात्र हुन् । विद्यालयमा दैनिक यस्ता घटना हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल बहुसूचक सर्वेक्षण २०१४ का अनुसार, नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् ।

विद्यालयमा आधारित विद्यार्थी स्वास्थ्य सर्वेक्षण नेपाल, २०१५ अनुसार, नेपालका १३ देखि १५ वर्षसम्मका उमेरको बीचका ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरूले महिनामा कम्तीमा एक दिन दुर्व्यवहारको अनुभव गरेको पाइएको थियो । सोही उमेरका करिब ४० प्रतिशत विद्यार्थीहरू सर्वेक्षण गरिएको मितिदेखि १२ महिनाअघिसम्म कम्तीमा एक पटक भौतिक रूपमै झैझगडामा सामेल भएको उक्त सर्वेक्षणले देखाएको छ ।

खोज मिसन डट कम को लागि दिपक अर्यालले तयार पार्नु भएको रिपोट

Related Articles

Back to top button