राजनीतिसमाचार

ललितपुरका ब्यञ्जनकार सहित ३० केन्द्रिय सदस्यमा मनोनीत

ललितपुर ,२६ मङ्सिर ०७८/नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० प्रतिशत सदस्य मनोनीत गरेको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका हुन्। एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा एमाले ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार लगायत झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई पनि रहेका छन्।
साथै अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि केन्द्रिय सदस्यमा मनोनित भएका छन् छन्। त्यसैगरी भूगोलबाट छुटेका पर्वतका पदम गिरी पनि केन्द्रीय सदस्य बनेका छन्। युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय सदस्य भएका छन्।
एमाले नेता ब्यञ्जनकार साहित कमिटी भित्र परेका नामावली निम्न रहेको छ।
मानवीर राई,ऐन महर,चन्द्रमोहन गौचन,रतननाथ योगी,दल फडेरा,रमेश पौडेल,सूर्य पाठक,हरि घिमिरे,पदम गिरी,युवराज बाँस्कोटा,यज्ञबहादुर बोगटी,विशाल भट्टराई,बद्री न्यौपाने,
रुपनारायण श्रेष्ठ,उद्धव रेग्मी,प्रेम दंगला,भीम केसी,सुवास देवकोटा,हरिकृष्ण व्यञ्जनकार,इन्दिरा गौतम,सरस्वती चौधरी,लालबाबु पण्डित,यमुना रोका,कल्पना चापागाईँ,आशा विक,उमा कोइराला,नैनकला ओझा,मञ्जु गुरुङ,इन्दिरा सञ्जेल,विमला अर्याल,गीता कार्की,शान्ति अधिकारी,रुक्मिणी राना,तारादेवी गुरुङ,सविता यादव,विषमलाल अधिकारी,रेशम लामा,गोविन्द दुवाल,दुर्गा प्रसाई,चन्द्रबहादुर विश्वकर्मा,सहदेव बोटी,बालसिंह काउछा,कृष्ण केसी मनोनीत भएका छन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button