समाचारसूचना प्रबिधि

पशुपतिनाथ आर्यघाट क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको जानकारी दिएको हो ।यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने सूचनामा जनाइएको छ ।

Related Articles

Back to top button