समाचार

काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु

काभ्रेमा पिङ हाल्न रूख चढ्ने क्रममा खसेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका- ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो ।

पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा रूखबाट खसेर घाइते भएका परियारको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियाे । अस्पताल ल्याएकाे केही समयपछि उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ। मृतककाे पोस्टमार्टमपछि आफन्तले शव लगेका छन् ।

Related Articles

Back to top button