समाचार

कोन्ज्योसोम गाउँपालिकाको पाँच बर्षिय प्रगति

ललितपुर ,दुरीको हिसाबले धेरै टाढा हैन । सातदोबाटोदेखि जम्माजम्मी डेढ घण्टामा पुगिन्छ दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका । तर भौतिक रुपमा राजधानीसँग नजिक रहेको कोन्ज्योसोमले निकै पीडा खेप्यो । तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँका मानिसको पाँच वर्षअघिको जीवनशैली कर्णालीवासीको झै थियो । झन्डै १९ वर्षको अन्तरालमा आएको स्थानीय सरकारले भने यो ठाउँको मुहार नै फेरिदियो । जनप्रतिनिधि स्थानीयका आशा र परिवर्तनका ढुकढुकी बने । जनप्रतिनिधिले नै गाउँपालिकाको विकटतालाई पाँच वर्षझै पार लगाउन सफल भए । गाउँपालिका अहिले निकै नै विकसित भइसकेको छ । यो ठाउँलाई पाँच वर्ष पछाडी फर्केर हेर्दा भने धेरैलाई अचम्म लाग्न सक्छ, कस्तोबाट कस्तोमा परिणत भयो पालिका । जिम्मेवार जनप्रतिनिधिका कारण पालिकाले छोटो समयमै पछौैटेपनलाई हटाउन सफल भयो ।

करिव ७ हजार केही बढी मतदाता यो गाउँपालिकामा छन् भने कोन्ज्योसोम पाँचवटा वडामा विभाजित छ । यहाँका जनताको आधारभूत आवश्यकता, जनजिविकालाई प्राथमिकतामा राखेकोले पालिका पाँच वर्षमै मुहार फेर्न सफल भएको हो । पछिल्लो पाँच वर्षमा यहाँका कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिका निकै महत्वपूर्ण मानिएको छ । किनभने पछिल्लो पाँच वर्षमा कोन्ज्योसोमले सहरी क्षेत्रका पालिकाले भन्दा गुणस्तरीय र प्रभावकारी काम गर्न सफल भएको छ ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका भौगोलिक रुपमा सुन्दर मानिन्छ । यहाँ साँस्कृतिक ठाउँहरु प्रसस्त छन् । यो ठाउँ आर्थिक रुपमा सामान्य र राजनीतिक रुपमा मध्यम किसिमको छ । र सम्भावनाको हिसाबले भने यो एक सुन्दर स्मार्ट भिलेज बन्न लायक छ । यो गाउँपालिकामा २०७४ को बैसाखमा भएको स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी केन्द्रको प्रतिनिधि गोपिलाल सिंतान जनप्रतिनिधि अध्यक्षको रुपमा चुनिए । उनी आएपछि पालिकाको मुहारै फेरिएको छ । यहाँको जनताको सम्पुर्ण पक्षको विकाससहित समग्रमा पालिकाको गरिमा नै उच्च भएको छ । अध्यक्ष सिंतानले पाच वर्षमा थुप्रै काम गर्न सफल भएका छन्, जसमध्येका केहि काम फेहरिस्त यसरी दिन सकिन्छ ।
– मध्यमार्गी सडक द्रुतगतिमा निर्माण सम्पन्न,
– चौघरे सिंगाने भञ्ज्याङ्देखि दलचोकि गोठ भञ्ज्याङ्सम्मको मोटरबाटो चौडा र स्तरोन्नति सम्पन्न,
– कोन्ज्योसोम–५ भारदेउमा कोन्ज्योसोम प्रतिमा निर्माण,
– कोन्ज्योसोम गाउँपालिकाको प्रशासनिक भवन निर्मान तथा उद्घाटन कोन्ज्योसोम चौघरेमामा सम्पन्न,
– कोन्ज्योसोम–१ चौघरे सिंगाने भञ्ज्याङ्देखि चौघरे स्वास्थ्य चौकी हुँदै कोन्ज्योसोम–३ दलचोकी गोठ भञ्ज्याङ् जाने सडक करिब ४ किमि कालोपत्रे तथा ढलान,
– कोन्ज्योसोम–३ दलचोकीमा निर्माणाधीन भ्यु टावर निर्माण,
– कोन्ज्योसोम–२ शंखुमा पालिकास्तरिय अस्पताल निर्माण गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सकि निर्मार्णाधीन अवस्थामा,
– कोन्ज्योसोम–२ शंखुमा निर्माणाधीन छ्योर्देन गुम्बा बनाउन आवश्यक पहल सहित सहजीकरण र प्रदेश सरकारसँग समन्वय,
– कोन्ज्योसोमा–२ शंखुमा रहेको कृष्ण प्रणामी मन्दिर स्तरोन्नति गर्न सहयोग गरेको र हाल फेरी प्रदेश सरकारबाट कृष्णप्रणामी मन्दिरको लागि बजेट व्यवस्था,
– कोन्ज्योसोम–२ शंखुको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको लागि बजेटको व्यवस्था,
– कोन्ज्योसोमको चौघरेमा लिफ्टिङ खानेपानी आयोजना लगभग अन्तिम चरणमा रहेको,
– कोन्ज्योसोम, चौघरेमा पालिकास्तरिय खेलमैदान निर्माण गरेको,
– मध्यमार्गी सडक अन्तर्गत कोन्ज्योसोम–४ नल्लुबाट सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्ने कार्य सुरु गरेको,
– कोन्ज्योसोम–४ नल्लु पाथिभरा मन्दिर जाने सिंढी निर्माण,
– ललितपुरको कोन्ज्योसोम हुँदै काभ्रे जोड्ने सडक निर्माण,
– गुप्तेश्वर, नल्लु पाथिभरालगायत साँस्कृतिक महत्व बोकेका मठमन्दिर तथा गुफाको संरक्षण र पदमार्ग निर्माण,
– महाङ्काल गाउँपालिका–२ मानिखेल (कतुवन) देखि कोन्ज्योसोम–२ शंखु हुँदै बागमति गाउँपालिका–३ भट्टेडाँडा जोड्ने कृषि सडक निर्माण र स्तरोन्नति,
– पालिकाभित्रको सम्पूर्ण वडाको टोल–टोलसम्म सहायक सडक निर्माण सम्पन्न,
– सडकको समस्याग्रस्त स्थानमा आवश्यक आर.सि.सि. ढलान गरेको,
– मध्यमार्गी सडक अन्तर्गत चौघरे ठोस्नेखोलामा बेलिब्रिज (मोटरेवल पुल ) निर्माण शुभारम्भ,
– कोन्ज्योसोम २ र ३ जोड्ने सिमलबोट र छापाकमा झोलुङ्गे पुल निर्माण,
– कोन्ज्योसोम गाउँपालिका र अन्य वडाहरुमा सुचना केन्द्रको स्थापना,
– पालिकामा नागरिक बडापत्रको व्यवस्था,
– कृषि पेशा र अन्य पेशा व्यवसाय गर्नेका लागि अनुदानको व्यवस्था,
– विपद र दैवीप्रकोपबाट पिडितको लागि राहत र सहयोगको व्यवस्था,
– स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र व्यवस्थापन,
– शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गराउन प्रयास प्राविधिक शिक्षा र छात्रावासको व्यवस्था,
– सम्बन्धित पेशा व्यवसायलाई वैधानिकताको हिसाबले सञ्चालन,
– सुरक्षाको प्रत्याभूति गराउन चौघरेमा प्रहरी चौकी निर्माण,
– कोन्ज्योसोम वडा ३ दलचोकि सिलिङ्गेबेशिदेखि क्वाक्लिङ, भैंसे हुँदै बागमती वडा ३ भट्टेडाँडा तीनपाने जोड्ने सडक निर्माणाधीन,
ठोस्नेखोला करिडोर निर्माण,
– पालिकाभित्र सम्पूर्ण वडामा वैकल्पिक उर्जा अन्तर्गत करिव ३५० वटा सोलारबत्ति १ सेट बरावर करिब २०००० बराबरको सहयोग,
– गरिब तथा विपन्न वर्गका, एक्कल महिलालाई जिविकोपार्जनका लागि बाख्रा, तथा कुखुरा वितरण,
– भैंसी प्रवर्द्धन (पकेट ) कार्यक्रम,
– मासु प्रवर्द्धनअन्तर्गत पाडा पाडि कार्यक्रम,
– गाई ब्लक कार्यक्रम,
– किवि तथा चिया उत्पादन र प्रवर्द्धन कार्यक्रम,
– वित्तीय संस्थालाई संस्थागत गर्दै स्थापना तथा शाखा कार्यालय सञ्चालन गरी जनतालाई सेवा सुविधा दिन सहकारी तथा बैकसँग समन्वयकारी भुमिका,
– लेले चन्दनपुर मोटरबाटो, मध्यमार्गी मोटरबाटो र विर्खेधारा दलचोकि, शंखु ईकुडोल हुँदै आश्रङ जोडिएको सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्न प्रदेशको मन्त्री तथा प्रदेश सांसदलाई चौघरेमा ल्याई छलफल गरेको र केन्द्र सरकार तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत ध्यानाकर्षण गराउदै मागपत्र बुझाएको,
– वर्षायाममा बाढी तथा पहिरोको कारण बन्द भएका मोटरबाटो तत्काल स्वयं आफ्नै उपस्थितिमा मर्मत तथा सुचारु गराएको,
– कोरोनाको भयावह दोस्रो चरणमा चौघरेमा अस्थायी कोरोना केयर अस्पताल सञ्चालन गरेको,
– कोरोना समय र सुत्केरी विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको,
– भुकम्प पछिको पुनर्निर्माण द्रुत गतिमा गराएको अब अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउन तयारिमा,
– अर्थिक बेरुजु अत्यन्तै कम र आर्थिक पारदर्शिता ।

यसरी कोन्ज्योसोम गाउँपालिकाले आफुलाई अब्बल बनाउन भगिरथ प्रयत्न गरेको छ । सिंह दरबारको अधिकार गाउँघरमा पु-याउने एउटा सार्थक प्रयासको यो उदाहरण हो । स्थानीय सरकारको आवश्यकता र महत्वको बोध कोन्ज्योसोमले गराएको छ ।दैनिक न्युजबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button