समाचार

तारा एयरका दुई पाइलटबीच रामेछाप विमानस्थलमै कुटाकुट

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट भएको छ। तारा एयरको टुइनअटर विमान लुक्ला बाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबिच रामेछाप सामान्य कुटाकुट भएको छ ।

आज बिहान ८ बजे तिर विमानस्थलको एप्रोनमा कुटाकुट भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उक्त विमानस्थलका प्रमुख अशोक थापाका अनुसार दुई पाइलटबिच व्यक्तिगत विषयमा झगडा भएको कारण यस विषयमा कुनै प्रतिक्रिया दिन आवश्यक नठानेको बताएका छन् ।

सामान्य झगडा पश्चात् दुई पाइलटमध्ये एक जनाले विमान लिएर लुक्ला पुगेको र अर्का पाइलट रामेछापमै रहेको जानकारी दिएका छन् । सञ्चार माध्यममा समाचार बाहिरिएसँगै यस घटनाका बारेमा नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने जनाएको छ।

Related Articles

Back to top button