राजनीति

माहाङ्कालमा कांग्रेस एमालेलाइ भारी बन्दै माओबादी केन्द्रका भगिरथ

ललितपुर ,स्थानीय तहको निर्वाचनको मिति घोषणा भए संगै महाङकाल गाउपालिकामा राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति दलहरू आन्तरिक तयारीमा जुटेका छन् । एमाले, नेपाली काँग्रेस,र माओवादी केन्द्र निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी भित्र आन्तरिक तयारी अगाडि बढाएको हो । उता सरकार र निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचनका कार्यक्रमको आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।

पालिकामा विशेष गरी एमाले र काँग्रेसले सङ्गठन विस्तारको लागि जनता माझ पुगेर आफ्नो मत मूल्याङ्कन गर्ने र अन्य दलमा आबद्ध व्यक्तिहरूलाई आफूतर्फ आकर्षित गर्ने रणनीति अनुसार काम गरिरहेको छ । काँग्रेस पनि आफ्ना कार्यकर्ता मार्फत मतदाताहरूको घर दैलोमा पुग्ने गरी योजना बनाउनमा व्यस्त देखिन्छ । काँग्रेसले पालिका हरेक टोल टोलमा आफ्नो संरचना निर्माण, कमिटी गठन,प्रशिक्षण तथा अन्तरक्रिया लाइ तीव्रता दिएको छ । ०७४ को स्थानीय निर्वाचनमा पराजय भएको काङ्ग्रेस जसरि निर्वाचन जित्ने तयारीमा लागेको छ।महाङकालमा काङ्ग्रेसका निकै प्रभावशाली नेताहरू छन काङ्ग्रेसका पुराना प्रखर वक्ता नेता मथुरा प्रसाद घिमिरे, बागमती प्रदेश सह-महामन्त्री ऋषि राम घिमिरे,महाधिवेशन प्रतिनिधि खोम प्रसाद घिमिरे,जिल्ला सह- सचिव ॠषिदेब फुयाल,गणेश केसि क्षेत्रीय सभापति सुन्दर तामाङ लगाएतका धेरै नेता भएको तर निर्वाचन जित्न नसकेको भन्दै आलोचित भए पछि जसरि निर्वाचन जित्न नेताहरू एक ढिक्का भएर लागेका छन।

महाङकाल गाउपालिकामा २०७४ सालको निर्वाचनमा आफ्नो वर्चस्व जमाउन सफल नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।मेरा वडा म जिताउ छु मेरो पालिका म जिताउ छु भन्ने अभियान नै शुरू गरेको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रित गरेर पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटीले चुनाव केन्द्रित कार्यक्रमको तयारी सुरु गरेको छ । एमालेले स्थानीय तहमा निर्वाचित प्रतिनिधिसँग छलफल गरेर अगाडि बढ्न निर्देशन दिइसकेको छ ।
एमालेले स्थानीय तहको निर्वाचनको तयारी स्वरूप पार्टीमा आबद्ध जनवर्गीय सङ्गठनका नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरूको छलफल गरेर चुनावी रणनीति, कार्ययोजना र सङ्गठन विस्तारको विषयमा अघि बढ्न निर्देशन दिएको हो ।
एमालेले आफ्नो पक्षमा आगामी निर्वाचनमा नतिजा निकाल्न जनतासमक्ष एमालेका एजेण्डा पुर्‍याउन र आगामी निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा टोल टोलमा पुगेर प्रचार प्रसार गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

नेकपा माओवादी केन्द्र भने काङ्ग्रेस,एमाले को जस्तो संगठन विस्तार चुनावी अभियानमा अल्लि सुस्त नै छ।संगठन विस्तार ,भातृसंस्था गठन जस्ता सांगठनिक कार्यक्रम गर्नभने सकेको छैन। माओवादी केन्द्रका नेता भगिरथ भने आफुलाई पालिका अध्यक्षको दावेदारि गर्दै कार्यकर्ता भेटघाट, जनताको घरदैलो व्यापक बनाएका छन।उनी तत्कालीन बुखेल गाविसको उपाध्यक्ष समेत हुन।उनलाई टिकट दिदा चुनाव जित्न सहज हुने माओवादी केन्द्रको बुझाई छ।राजनीतिका निकै सफल र चतुर खेलाडीका रूपमा चिनिन्छ। सांगठनिक रूपमा माओवादी केन्द्र कमजोर भएपनि उनी व्यक्तिरूपमा निकै बलिया उमेदवार हुन,उनको बुखेल,मानिखेल,गोटिखेलमा व्यक्तिगतरूपमा राम्रो प्रभाव छ।उनी भिजन भएका दुरदर्शि नेताका रूपमा चिनिन्छन। उनलाई युवा पुस्ताहरूको साथ र समर्थन छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button