राजनीतिसमाचार

नेपालका समस्या समाधान गर्ने दायित्व भारतको पनि छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताएका छन् ।

सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात् आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ ।

भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरू समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो । कुनै बेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे ।

Related Articles

Back to top button