समाचार

इजरायलमा मृत्यु भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमास समूहको आतंकवादी हमलामा परि मृत्यु भएका विद्यार्थीका परिवारलाई राहत स्वरुप प्रति परिवार दुई लाख रुपैयाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा परेर निधन भएका प्रति परिवारलाई २ लाख रुपैँया राहत सहयोग गरिने बताए।सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण र नेपाल फर्कन इच्छुक नेपाली तथा निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि सरकारलाई आग्रह गरेका छन् ।

कामसँगै अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी मृत्यु भएको छ । जसमा सुदूरपश्चिमका मात्रै सात जना छन् ।

Related Articles

Back to top button