समाचार

माओवादी केन्द्र माल्टा बाट हरि शरणको दावेदारीले कार्यकर्ता खुसी

ललितपुर,आसन्न स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा माओबादी केन्द्रले आफ्नो साझा उमेदवार छन्ने क्रमलाई तिब्रता दिएको छ।बागमती गाउँपालिका- २माल्टा माओबादी केन्द्र बाट हरि शरण घिमिरे र चन्द्र बाहादुर भुलुन चुनावी मैदानमा उत्रिएका छन।

माओबादी केन्द्र गाउकमिटी माल्टाका उपाध्यक्ष तथा ०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य रहेका हरि शरण घिमिरे यो पटक भने वडा अध्यक्षको बलियो दावेदारको रुपमा आएका छन।गएको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको यश क्षेत्रमा यो पटक भने घिमिरेको राम्रो प्रभाव रहेको स्थानीय कार्यकर्ता बताउछन् ।
युवा स्वोरोजगार मुखी कार्यक्रम लाई मुल मुद्दा लिएर मैदानमा उत्रीएका घिमिरे युवा हरुको दरिलो खम्बाको रुपमा हेरिएको छ।

त्यसैगरी ०७४ को स्थानिय चुनावमा वडा अध्यक्षमा पराजित भएका अर्का दाबेदार हुन चन्द्रबहादुर भुलुन।बागमती गाउपालिका कमिटी कोषाध्यक्ष समेत रहेका भुलुन यो पटक पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button