गोदावरीमा स्काउट एडभान्स तालिम संचालन हुने
ललितपुर ,बागमती प्रदेशको आयोजना तथा गोदावरी नगरपालिकाको संयोजकत्वमा आगामी माघमा स्काउट एडभान्स तालिम संचालन हुने भएको छ।
बागमती प्रदेशको आयोजना र गोदावरी नगरपालिकाको संयोजकत्वमा Boys scout wood badge र Girls scout Advance तालिम संचालन हुने भएको हो।आगामी माघ २ गते बाट ८ गते सम्म संचालन हुने उक्त तालिममा इच्छुक उमेर पुगेका र योग्यता हासिल गरेका जो कोहिले पनि आबेदन दिन सक्ने छ।गोदावरी स्काउट संयोजक दिपक अर्यालका आनुसार तालिम ललितपुर गोदावरी स्थित सेन्ट जेभियर स्कुलमा संचालन हुने छ।
स्थानिय सरकार गठन भैसकेपछी ललितपुरका प्रतेक स्थानीय तहमा स्काउट कार्यक्रम संचालन भैरहेको छ।एक माहानगर , दुई नगरपालिका र तीन गाउपालिका रहेको ललितपुरमा ६ वटै स्थानिय तहमा स्काउट संयोजक तोकिएर पनि ग्रामिण भेगमा रहेको तीन गाउपालिकाको स्काउट संयोजकको काम भने शून्य रहेको छ।
ललितपुर माहानगर र माहालक्ष्मी नगरमा आंसिक काम भए पनि देखिने गरि गोदावरी नगरपालिकामा स्काउट्ले राम्रो प्रभाव जमाउन सफल भएको छ।नगरले ठैब स्थित आफ्नै भवन निर्माण कार्यलाइ अगाडि बढाएको छ भने बेला बेला विभिन्न तालिम प्रदान गरि जिल्लाकै उत्कृष्ट स्काउट स्वयंसेवक उत्पादन गर्नेमा गोदावरी नगरपालिका पहिलो स्थानमा आउछ।