खेलकुदसमाचार

लिग–२ : त्रिकोणात्मक शृङ्खला आजदेखि, नेपालले नामिबियासँग खेल्दै

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग-२ काे शृङ्खला आजदेखि शुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ ।

क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो ।

Related Articles

Back to top button