जीवनशैली

आफ्नै व्यावसाय रहेको हुदा मलाइ भ्रष्टाचार गरेर पैसा कमाउनु छैन

ललितपुर –स्थानिय निर्वाचनको लागि गोदावरी नगरपालिका-१३ झरुवारासी बाट नेपाली कांग्रेसका सशक्त उम्मेदवार पुर्शोत्तम पौड्याल (ठाकुर) चुनावी मैदानमा होमिएका छन।उनी संग कलियुग न्युज डट कमले गरेको संक्षिप्त अन्तर्वार्ता को अंश हामीले प्रस्तुत गरेका छौं।

वडा नं १३ मा तपाईंको उम्मेदवारी किन?
सुशासन,समुन्नत,भ्रष्टाचारमुक्त वडा निर्माणको लागि मेरो उम्मेदवारी रहेको छ।

तपाईंको मूलभूत एजेन्डा हरु के के हुन?
सर्वप्रथम त हामीले ठूलाठूला महत्वकाक्षा राखेका छैनौं।हामीले स्मार्ट वडा वडाको अवधारणा अगाडि सारेका छौ।त्यसको अलवा स्थानियको साना साना माग अनि आवस्यकता लाई सहज रुपमा परिपुर्ति गर्न समावेशी बजेट बाडफाड गर्ने देखि प्राप्त बजेट लाई उपभोक्ता समिती तथा टोलसुधार समितिको मातहतमा रहेर काम गराउने योजना रहेको छ।बिशेष गरि ठुलो महत्वाकांक्षी माग भन्दा स्थानीय हरुको दैनिक आवश्यकता लाई कसरी सहजीकरण गरेर अगाडि बढ्न सकिन्छ त्यो नै मेरो मुल एजेन्डा हो।

स्मार्ट वडाको पुर्वधार बिकाश कसरी गर्नु हुन्छ?
सर्वप्रथम त हामिले सडक यातायात लाई पहिलो प्राथमिकतामा राखेका छौ।यो पाँच बर्ष भित्र हामी सम्पुर्ण सडक कालोपत्रे गर्ने छौ,त्यो सम्भब नभए हामि खाल्डाखुल्डी सडक लाई स्थर उन्नती गरि अहिले भएको भन्दा राम्रो बनाउने छौ।सडक मा बत्ती जडान गर्ने छौ, वडा बाट हुने अधिकाँस काम डिजिटल माध्यम बाट गर्न पहल गर्ने छौ।सरल छिटो समयको बचत साथै सामाजिक सुराक्षा भत्ता घर घर गएर बाड्ने ब्यबथा गरेका छौ।

ती एजेन्डा बिपक्षी दल हरुको पनि छ,तपाइले चुनाव जित्ने आधार हरु के के हुन?
पहिलो नम्बरामा त सांगठनिक रुपमा हामी अगाडि छौ।तहगत संरचना हाम्रो बलियो भएको हिसाबले हामिलाइ चुनाव जित्न गारो हुन्न।अर्को कुर म लगाएत मेरो सम्पुर्ण टिम एस क्षेत्रको लागि ससक्त उम्मेदवारको रुपमा रहेका छौ।म संग काम गर्ने भिजन छ , मेरो आफ्नै ब्यबसाय रहेको हुदा मलाइ भ्रष्टाचार गरेर पैसा कमाउनु छैन।मैले राजनिती लाई सेवाको रुपमा हेरेको छु।मैले चुनाव जितेको खण्डमा मैले प्राप्त गर्ने सेवा सुबिधा साविकको नौ ओटै वडाका आर्थिक अवस्था कमजोर रहेका ब्यक्ति हरुको लागि खर्च गर्छु भनेर मैले सार्वजनिक रुपमा भनिसकेको छु।

यो भन्दा अगाडिका उम्मेद्वार को काम बाट कतिको सन्तुष्ट हुनुहुन्छ?
म सन्तुष्ट छ या छैन भन्दा पनि यहाको स्थानीय कतिको सन्तुष्ट छन भान्ने कुरा महत्वपूर्ण हो।ठुला महत्वाकांक्षी बाट ग्रसित पुर्व अध्यक्ष ले बाटोको अवस्था दयनीय रहेको,बजेटमा आपार्दर्शी,राज्य संयन्त्र बाट गठित टोल सुधार समिती निष्क्रिय पारेर एकलौटी काम गर्दै आएको जनमानसमा गुनासो रहेको हुदा म बाट येस्ता हर्कत नहुने स्पष्ट पार्छु।

शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा के गर्नु हुन्छ?
वडा भित्र रहेका वृद्ध हरुको लागि प्रतेक ३/३ महिनामा निशुल्क स्वास्थ सिविर, सामुदायिक बिधालयमा अध्यन गर्ने बिद्यार्थी हरुको नियमित स्वस्थ परिक्षण साथै महिनावारी प्याड निसुल्क,वडा भित्र खेल्कुद मैदान, सामुदायिक बन क्षेत्रलाई ब्यबस्थित गर्दै आय आर्जनको श्रोत,खेती योग्यजमिन लाई सिचाइ,सुद्द खानेपानी,कृषि को लागि पसु बिमा अनुदान लगाएत बीउ बिजन, अपाङ्ग तथा महिला हरुको लागि उत्पादन मुखी तालिम , अबैध प्लटिङ लाई ब्यबस्थित ,टृपर लाई बैकल्पिक मार्ग बाट संचालन गर्न आदि नै हुन।

अन्त्यमा के भन्नू हुन्छ?
अरुले के गरे के गरेनन भन्दा पनि मैले के गर्न सक्छु त्यो महत्वपूर्ण हुन्छ, राजनितीमा सेवा गर्न आएको हु कमाउन होइन, एक पटक मलाइ बिस्वास गर्नुस तपाइको बिश्वास खेर जान दिन्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button