समाचार

भट्टेडाँडा लाइ पर्यटकीय गन्तव्य बनाउने छु- नवराज खड्का

नवराज कार्की,ललितपुर –आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि बागमती गाउपालिका- ३ भट्टेडाडा बाट गठबन्धन सहित को साझा उम्मेदवार टुङो लागिसकेको छ। वडा अध्यक्ष नेपाली कांग्रेस बाट नवराज खड्का सहित महिला सदस्य पुष्पा थिङ, दलित महिला सदस्य सुशीला सुनुवार, वडा सदस्य वीर बाहादुर स्याङ्तान,माबोबादी केन्द्रबाट रामलाल थिङ रहेका छन।

०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेस बाट बिष्णु प्रसाद तिमल्सिनाले अत्याधिक मत सहित बिजय हासिल गर्न सफल एस भट्टेडाडा लाई नेपाली कांग्रेसको पकेट क्षेत्रको रुपमा हेरिन्छ।कांग्रेस बाहेक अन्य दलको बिकल्प नरहेको एस क्षेत्रबाट भने नवराज खड्का चुनावी मैदानमा होमिएका छन।आगामी पाँच बर्षको लागि खड्का आफ्नो प्रतिबद्धता यसरी सुनाउछन।

गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ सेवा, हरेक टोल बस्तिमा यातायातको पहुच, खोलिएको ट्र्याक लाई स्थर उन्नति,खानेपानीको श्रोत पहिचान गरि प्रतेक घर घरमा सुद्द पानीको ब्यबस्थापन गर्ने, कृषी योग्य जमिनको लागि सिंचाइ सुबिधा पुर्याउने,स्थानिय स्थरमा उपलब्ध श्रोत साधन लाई पुर्ण सदुपयोग गर्दै स्थानिय युवा हरुलाइ उत्पादन मुखी सिप तथा तालिम ब्यबस्था,

निर्वाहमुखी कृषी ब्यबसया लाई परिमार्जित गर्दै ब्यबसाय मुखी तर्फ किसान लाई अग्रसर गर्नको निमित्त बीउ मल आबयस्क तालिमको ब्यस्था गर्ने,कृषी तथा स्वरोजगर मुलक कार्य गर्नको निमित्त अनुदान रकम तथा सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने जस्ता ठुला योजनाको काम हरु गुरुयोजना बनाएर अगाडि बड्ने।

वडा भित्र रहेको पर्यट्किय स्थल मैरे राडर लाई पर्यटकीय हवको रुपमा स्थापित गर्न आबस्यक भौतिक पुर्वधार निर्माण गरि वडा भित्र रहेका अन्य पर्यटकीय क्षेत्रको पहिचान गरि त्यसलाइ ब्यबस्थित गर्ने।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने कान्तिलोकपथ सडक खण्ड निर्माण काॠ भैरहदा त्यसबाट प्रभाबित घर परिवारलाई आबस्यक क्षतिपूर्तिको पहल गर्ने साथै उच्च जोखिममा रहेको घर हरुलाइ स्थानान्तरण गरि सुरक्षीत ठाउमा राख्न पहल गरिने।

विभिन्न भाषा भाषी जात संस्कृतिको संरक्षण प्रवर्दनको निमित्त आबस्यक्ता अनुसार मठ मन्दिर गुम्बा चर्च हरुको उचित ब्यबस्थापन गर्ने ।साथै स्थानिय जनताको मर्म र धर्म अनुसार अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button