राजनीतिसमाचार

अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँः शशाङ्क कोइराला

नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनु भएको छ ।

नवलपरासी पूर्वको कावासोतीमा नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्यक्रममा नेता कोइरालाले सो कुरा बताउनु भएको हो ।काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सहमतिअनुसार अबको प्रधानमन्त्री माधवकुमार नेपाललाई बनाउनुपर्ने उहाँको भनाइ छ । वर्तमान सरकारले जनचाहाना अनुसारको काम गर्न नसकेकाले नयाँ परिवर्तन आश्यक भएको नेता कोइरालाले आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसको अब हुने महासमिति भेलामा धर्म र सङ्घीयताको विषयमा सहभागिताको संयुक्त हस्ताक्षरसहित मागपत्र पेश गर्ने उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button