राजनीति

कांग्रेसको घोषणा पत्र सार्वजनिक – नि:शुल्क स्वास्थ देखि बेरोजगारीको अन्त्य

ललितपुर – नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागी घोषणा पत्र सार्वजनिक गरेको छ।सनिवार पाटी कार्यलयमा पार्टी सभापती तथा प्रधानमन्त्री सेर बाहादुर देउवाले घोषणा पत्र सार्वजनिक गर्नु भएको हो।

चुनावी घोषणापत्रमा आगामी वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प उल्लेख गरेको छ ।   ‘व्यापक रोजगारीको सम्भावना बनेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ  रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ,’ कांग्रेसले चुनावी प्रतिबद्धता व्यक्त गरेको छ ।

यससँगै कांग्रेसले न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि गराउने र त्यसका लागि ‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण शुरू गर्ने कांग्रेसको प्रतिबद्धता छ ।आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत अड्चनलाई व्यापक नयाँ चरणको ‘ओम्निबस’ सुधार  गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ,’ कांग्रेसको घोषणा पत्रमा भनिएको छ ।‘नेपाल श्रमशक्ति सर्वेक्षणले परिभाषित गरेको पछिल्लो आँकडाअनुसार नेपालमा करीब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आवद्ध छ।

कांग्रेसको घोषणा पत्रमा भनिएको छ, ‘सबैभन्दा बढी व्यक्ति संलग्न भएको ५ क्षेत्रमा पहिलो कृषि (१५ लाख), दोस्रो थोक तथा खुद्रा बिक्री (१२ लाख), तेस्रो उत्पादनमूलक उद्योग (११ लाख), चौथो निर्माणमा (१० लाख) र पाँचौ शिक्षा क्षेत्रमा (५ लाख) रोजगारी भएको देखिन्छ ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा अबको पाँच वर्षमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने उल्लेख छ।साथै मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिने घोषणा पत्रमा उल्लेख छ।

घोषणा पत्रमा प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने कांग्रेसले प्रतिज्ञा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button