खेलकुदसमाचार

प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्न मधेसको टोली घोषणा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशले आफ्नो टोली घोषणा गरेको छ।

शुक्रबार प्रतियोगिताका लागि मधेसले १४ सदसयीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो।मधेसले हरि शंकर शाहको कप्तानीमा टोली घोषणा गरेको छ।प्रतियोगितामा ३ विभागीय टोली र ७ प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता पुस २८ गतेदेखि माघ २० गतेसम्म हुनेछ।

मधेस प्रदेश टोलीमा हरि शंकर शाह, अनिल साह, निरज यादव, राजेश यादव, रंजित कुमार, विवेक यादव, मयन यादव, विशाल पटेल, रुपेश सिंह, प्रदिप पास्वान, अर्निको यादव, अभिषेक तिवारी, राहुल मन्डल, पवन सराफ सहभागी हुने छन् ।

Related Articles

Back to top button