समाचार

महाँकालका पूर्व विद्यार्थीले गरे गोदावरीमा भेटघाट

ललितपुर , महाँकाल र्पूर्व विद्यार्थी संघ गोटिखेल द्वारा आयोजित बृहत भेटघाट , वनभोज तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमा २०३८ साल देखि ०७९ सम्मका विद्यार्थीले गोदावरीमा भेटघाट गरेका छन् । कार्यक्रमा महाँकाल माविमा अध्यापन गर्नु हुने पूर्व शिक्षकहरु गोविन्द प्रसाद पराजुली , अर्जुन कुमार खरेल , एकबहादुर भण्डारी , रामदेव यादब , हरि काफले , तेज बहादुर सत्याल र गोकुल प्रसाद घिमिरे लगायत वर्तमान शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा संघका सल्लाहकार गोबिन्द पराजुलीले महाँकाल माविलाई कक्षा १२ सम्म र क्याम्पस स्थापना गर्न पूर्व विद्यार्थीहरुले खेलेको भुमिकालाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो संघले विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न नयाँ बनेको कार्य समितिले अझ नयाँ काम गरेर देखाउन सक्छ ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार रामशरण घिमिरेले संघ स्थापना भएको २० वर्ष भएर इतिहास रच्न सफल भएको बताउँदै उहाँले महाँकालले ३ हजार भन्दा बढी विद्यार्थी उत्पादन गरेको बताउनुभयो । घिमिरेले भन्नुभयो महाँकालका पूर्व विद्यार्थीहरु मन्त्री , जिल्ला समन्वय प्रमुख , निजामती कर्मचारी ,प्रहरीका उच्च पद तथा शैक्षिक तथा वित्तिय संस्थाका उच्च पदमा र राजनैतिक पदमा पनि केन्द्रीय स्तरमा रहेर काम गर्नु हुन्छ । त्यसैले समग्र महाँकालको विकासमा पूर्व विद्यार्थीले काम गर्न सक्षम हुनुहुन्छ उहाँले भन्नुभयो ।

संघका अध्यक्ष डा लक्ष्मण प्रसाद घिमिरेले २०३८ देखि एस एलसी दिएर आउनु हुने सबै पूर्व विद्याथीलाई स्वागत गर्दै उहाँले महाँकालले धेरै जनशक्ति उत्पादन गरेर देश तथा विदेशमा योगदान गर्दै आउनु भएको छ । त्यसैले महाँकालको शैक्षिक गुणस्तर निर्माण गर्न नयाँ समितिले महाँकालका शिक्षक तथा सरोकारवाला संग छलफल गेरेर प्रतिवेदन तयार भएको बताउनुभयो । उहाँले धेरै विद्यार्थीहरुलाई जोड्न डाटा संकलन गरिरहेको र महाँकाल पूर्व विद्यार्थी संघको वेभ साइट निर्माण भइरहेको जानकारी दिनुभयो । अब हामी वार्षिक क्यालेण्डर बनाएर काम गर्छौँ ।

Related Articles

Back to top button