समाचार

टीकाको दिन प्रहरीले काठमाडाैँमा नि:शुल्क बस चलाउने

बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले दशैँको टीकाको दिन काठमाडाैँ उपत्यकामा नि:शुल्क बस सेवा दिने भएको छ। मंगलबार टीकाको दिन अन्य सार्वजनिक यातायात बन्द रहने भएका कारण नागरिकलाई आवतजावतमा सहज हाेस् भनेर बस सेवा दिन लागेको प्रहरी मुख्यालयले जनाएको छ।

विभिन्न दुई रुटमा बस सञ्चालन हुने छ। काठमाडाैँ, भक्तपुर र ललितपुरसम्म बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म बस चल्ने प्रहरी मुख्यालयले जनाएको छ।सर्वसाधारणको सहजताका लागि भन्दै प्रहरीले २ वटा रुट निर्धारण गरेर नि:शुल्क बस सञ्चालन गर्न लागेको हो। प्रहरीका बसहरु प्रहरी प्रधान कार्यालय नक्साल क्षेत्रलाई केन्द्र बनाएर गुड्ने छ।

पहिलो रुटअन्तर्गतका बस नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हुँदै नक्साल पुग्ने छ।

Related Articles

Back to top button