समाचार

काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन्। बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गते भित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन्।

‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ मेयर शाहले लेखेका छ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरू कानुनविरीत औषधि बिक्रि वितरण भइरहेको गुनासो आएको मेयर शाहले बताए ।

https://www.facebook.com/100044467927963/posts/pfbid0QaFSC9Fzs75CrN7c5aU7Na6Zc7xDXbYbUJxRYLF3D25aDR8tKLgPAhmAB6jojPA2l/?app=fbl

Related Articles

Back to top button