खेलकुदसमाचार

आईसीसी टी–२० विश्वकपको नयाँ लोगो सार्वजनिक

आईसीसीले बिहीबार टी–२० विश्वकपको नयाँ लोगो सार्वजनिक गरेको छ ।

परिवर्तित लोगोको थिम, ब्याट, बल, एनर्जी (ऊर्जा) को मिश्रण रहेको छ । टी–२० को शब्दहरु बलरबाट आएको बल हान्ने बेलाको ब्याट स्वीङमा परिणत भएको देखाइएको हो ।त्यस्तै लोगोमा रहेको जिगज्यागले उत्साह, मुटुको बढ्दो ढुकढुकीलाई चित्रित गरिएको छ ।

टी–२० विश्वकप २०२४ वेष्ट इन्डिज र अमेरिकामा ४ देखि ३० जुनमा हुनेछ ।जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले कात्तिकमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि विश्वकप खेल्ने अवसर पाएको हो ।

Related Articles

Back to top button