राजनीतिसमाचार

रघुजी पन्तको माग : प्रधानसेनापतिको रोलक्रममा भएकाको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ

नेकपा (एमाले) का सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरूको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरूको उमेरसम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए । पन्तले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरू सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।

उनले समितिमा विधेयक अलपत्र परेका भन्दै विधेयकहरुको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिए ।

Related Articles

Back to top button