समाचार

कांग्रेसका नेता ६९ वर्षीय लालीप्रसाद मेहताको निधन

सुनसरी देवानगञ्ज १ निवासी कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको मंगलबार निधन भएको छ ।

देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका ६९ वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । मेहतलाई हृदयघातपछि हिजो अस्पताल भर्ना गरिएको थियो । पञ्चायतकालमा उपप्रधानपञ्च भएका लालिप्रसाद बहुदल आएपछि मध्यहर्षाही गाविसका अध्यक्ष समेत भए । हाल उनी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् भने पूर्व जिल्ला सदस्य समेत भएका छन् ।

सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस जोगाउन मेहताले सशक्त भूमिका खेलेका उनका निकटहरु बताउँछन् ।

Related Articles

Back to top button