पर्यटनसमाचार

देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका छन् ।

बुधवार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा बोल्दै किरातीले विकास गर्दा संस्कृतिमैत्री हुनुपर्ने धारणा राखे ।देशको विकास योजनामध्ये ५२ प्रतिशत पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको उनले बताए । विकास नीति तथा योजना संस्कृतिमैत्री नभएका कारण बाधा आइपर्ने गरेको तर्क उनले गरे ।

मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको जनाए । सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उनले बताए ।

Related Articles

Back to top button