समाचार

साइबर सुरक्षा सम्बन्धी कानुन बनाउँदै छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानुन बनाउन लागेको बताएका छन् ।

मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको बताइन् । उनले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति अनुरुपको आवश्यक कानुनहरू, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षण लगायतका विभिन्न कानुनहरू बनाउन लागिएको जानकारी दिइन् ।

मन्त्री शर्माले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशका बिचमा आवश्यक समन्वय हुनुपर्ने बताइन् । यसका लागि दुई देशबिच साझेदारी पनि आवश्यक रहेको उनले उल्लेख गरिन् ।

मन्त्री शर्माले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि १ करोड ३१ लाख ५० हजार नागरिकको विवरण डिजिटाइजेशन गरिसकेको जानकारी गराइन् । त्यस्तै, ९ हजार ६ सय डिजिटल हस्ताक्षर वितरण गरिएको पनि उनले बताइन् । कागजरहित सरकारको विकास गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको पनि उनले स्पष्ट पारिन् ।

Related Articles

Back to top button