समाचार

मेलम्चीको पानी छिटो ल्याउन माग

काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामाग्री प्रदर्शन गरिएको थियो ।

उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए ।

Related Articles

Back to top button