खेलकुदसमाचार

सप्तरीको रुपनी गाउँपालिमा तीन दिने कुस्ती प्रतियोगिता सुरु

सप्तरीको रुपनी गाउँपालि –५ स्थित बसविट्टी गाउँमा सोमवारदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ ।

विवाहपञ्चमी महोत्सव २०८० को सन्दर्भ पारेर बसविट्टी गाउँमा कुस्ती प्रतियोगिता सुरु भएको हो ।सोमबारको खेलमा नेपालका हरिहर पहलमान, भारतका हलचल पहलमान, नेपालका बाबा रामदेव, भारतका भिम पहलमान र नेपालका सैतान सिंह, भारतका बाबारसिंह पहलमानविच प्रतिस्पर्धा भएको छ ।यो प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ भने यसमा नेपालका चर्चित कुस्ती खेलाडी वसन्त थापा, देवा थापा, बाबा पहलमानलगायत नेपाल तथा भारतका चर्चित पहलमानको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा कुल २५ जोडीविच प्रतिस्पर्धा हुनेछ भने नेपाल र भारतका गरी दुई जोडि महिला पहलमानको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

Related Articles

Back to top button