राजनीतिसमाचार

जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरथवा घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन्।

ललितपुरको बालकुमारी घटेको घटना नसेलाउँदै शुक्रबार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको भन्दै उनले लोकतन्त्रमा राज्यको यस खालको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका हुन्।

‘विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ’, शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्।

उनले दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग माग गरेका छन्।

Related Articles

Back to top button