राजनीतिसमाचार

वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार पर्ने निर्णय नगर्न प्रधानमन्त्रीकाे निर्देशन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने काम नगर्न तथा पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू निःशुल्क रूपमा दिलाउने बारे अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।

दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रालयगत छलफलका क्रममा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट श्रमिकलाई के कसरी निशुल्क तालिम उपलब्ध गराउन सकिन्छ भन्ने बारे विस्तृत अध्ययन गर्न निर्देशन दिएका हुन् । उनले श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न पनि निर्देश गरेका छन् ।

हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन पर्ने प्रधानमन्त्रीको भनाई थियो । दाहालले आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्न पनि निर्देशन दिए ।

Related Articles

Back to top button