अर्थतन्त्रसमाचार

साढे ९ अंकले बढ्यो नेप्से

पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि बढेको छ। बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २ हजार ८९.६२ को बिन्दुमा कायम भएको हो।

बुधबार कारोबारमा आएका ३ सय १ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक ३२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

Related Articles

Back to top button