खेलकुद

घुसेलमा दोश्रो उपाध्यक्षकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाश थिङ, ललितपुर //बागमती गाउँपालिका ललितपुर घुसेलमा माहाङ्काल युथ क्लब द्वारा आयोजित दोश्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिता गत माघ ५ गते बाट ७ गते सम्म भएको थियो।

कोभिड-१९ को कारण सिमित दर्शकहरुका माझ स्वास्थ्य मापदण्ड अपनाइ खेलाइएको प्रतियोगीतामा प्रथम श्याम लामा र राजेश थिङ,दोस्रो नकुल बस्नेत,कल्याण थिङ तेस्रो ,दिपंकर तामाङ, कृष्ण थिङ उपेन्द्र स्याङतन,विरेन्द्र मगर रहेका छन्न। प्रतियोगीतामा सेमी फाइनलिस्ट हुने टिमलाई प्रथम हुने टिमलाई नगद ३० हजार/ट्रफी,दोश्रो हुने टिमलाइ नगद २० हजार/ट्रफी,तेस्रो हुने दुई वटा टिमलाई नगद १०-१० हजार सहित मेडलको साथमा सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र वितरण गरेको क्लबका अध्यक्ष उमेश गौतमले जानकारी दिएका छन।

बागमती गाउपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बिजेता टिमहरुलाइ एक समारोहका बिच पुरस्कार हस्तान्तरण गरिएको थियो।

प्रतियोगीतामा विजयी भएका टिमलाई बागमती गाउँ पालिका अध्यक्ष वीर बहादुर लोप्चान उप अध्यक्ष रन्जना घिमिरे तिमल्सिना नेपाली काङ्ग्रेस प्रदेश सभापति ज्ञनबहादुर लो घुसेल वडा अध्यक्ष जगत बहादुर लो बागमती खेलकुद समिति अध्यक्ष बुद्ध राज नेगि लगायतले सयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button