खेलकुदसमाचार

च्याम्पियन्स लिगमा सिटीको सहज जीत

च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को सहज जीत हासिल गरेको छ ।

खेलको १० औँ मिनेटमा नै पेप ग्वार्डिओलाको टोलीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज अग्रता दिलाउन सफल भए ।

दोस्रो लेग मार्च ६ मा सिटीको घरेलु मैदानमा खेलिनेछ ।

Related Articles

Check Also
Close
Back to top button